Random posts

भोटे कुकुर दिवस

भोटे कुकुर दिवस


" नेपालको शान र मान भोटे कुकुर इश्वरको बरदान ", " लोपनमुख भोटे कुकुर पालौँ देशको गौरब जोगाऔँ " , " भोटे कुकुर संरक्षण महाअभियान " भन्ने मूल नारासहित बि.सं २०७८ सालमा कास्की जिल्लाको पोखरा बाट सुरुवात गरिएको भोटे कुकुर दिवस बिश्वभर छरिएर रहेका नेपालीहरुले हरेक बर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस सँगै भोटे कुकुर दिवस स्व स्फूर्त रुपमा मनाउँदै आएका छन् । बि.सं २०७९ साल मंड्सिर २७ गते भोटे कुकुरको हक हित र संरक्षणको लागि भोटे कुकुर क्लब अफ नेपाल गठन गरि बि.सं २०७९ पौष १७ गते केनल क्लब अफ नेपाल सँग सम्बद्धता लिई मापदण्ड तय गरिएको थियो । उक्त भोटे कुकुरको मापदण्ड स.न २०२४ जनवरी १ तारिक कै दिनमा भोटे कुकुर दिवसको अवसरमा केनल क्लब अफ नेपालले अनुमोदन गरेको थियो। उक्त दिन लाई बिशेष रोचक बनाउन अगामी दिनमा बिभिन्न कार्यक्रम सहित भोटे कुकुर प्रदशन मेला पनि आयोजना गरिनेछ।

 

हिमालको काख मा रहेको हाम्रो देश नेपाल एउटा सानो तर इतिहास बोकेको देश हो जहाँ प्रकृतिले भरिपूर्ण बरदान दिएको देख्न सक्छौ । खोला, नाला, चरा चुरुङ्गि, जनावर हरु अरु देश को तुलना मा हाम्रो देश मा प्रस्सत मात्रा मा पाइन्छ। ई. स १९७० यता नेपालका हिमाली बिकट ठाउँबाट अमेरिकी तथा युरोपियन नागरिकले हाम्रै रैथाने भोटे कुकुर आयात गरि प्रजनन गराई बिश्व व्यापी रूपमा तिब्बतीयन मास्तिफको नामले स्थापित गरे । जुन देश बाट यस नस्लको मानकीकृत भयो आज यही लोपउन्मुख अवस्थामा छ। 


हामी नेपाली आफ्नो राष्ट्रिय पोसाकलाई सम्मान गर्दै विदेशी संस्कृति द्वारा नष्ट नहोस भनेर सधै जसो पोसाक दिवस मनाउदै आइरहेका छौँ । त्यसै गरी हाम्रो नेपालको गौरव गाथा बोकेको भोटे कुकुर लाई पनि नेपाली बजारमा अन्य प्रजातिका बिदेशी कुकुर हावी हुदै आइरहेको अवस्थालाई मध्यनजर गर्दै भोटे कुकुर नस्लको संरक्षण तथा प्रवर्द्धन गर्न यस दिन औपचारिक रूपमा भोटे कुकुर दिवस मनाउँदै आईरहेका छन् । सगरमाथा शिखर, गौतम बुद्ध र वीर गोर्खाली झै भोटे कुकुर पनि राष्ट्रिय गौरवको रूपमा लिन यस दिवसको विशेष महत्व छ। नेपाल सरकारबाट कुनै चासो नभए पनि निश्चित अनुयायी र प्रजनकहरू छन्, जसले नस्लको संरक्षण र प्रवर्द्धन गर्न निरन्तर संघर्ष गरिरहेका छन् ।


Post a Comment

0 Comments